
केही पछिल्ला परिणामहरूले एउटा गहिरो सन्देश दिएको महसुस हुन्छ समाज अझै विचार नीतिभन्दा बढी “फ्यान मानसिकता”तर्फ झुकेको जस्तो देखिन्छ। राजनीतिक परिपक्वता भनेको केवल समर्थन वा विरोधमा सीमित नभई तर्क प्रश्न र निरन्तर मूल्यांकनमार्फत विकसित हुने प्रक्रिया हो। तर त्यो अभ्यास अझै पूर्ण रूपमा बलियो हुन बाँकी देखिन्छ।वास्तविक राजनीतिक चेतना भनेको सधैं सत्ता वा व्यक्तिलाई होइन नीति र कामलाई आधार मानेर प्रश्न उठाउने जिम्मेवारी खोज्ने र आवश्यक पर्दा फरक मत राख्ने साहस हो। यस्तो सोच प्राय विपक्षी दृष्टिकोणमार्फत स्पष्ट रूपमा देखिन्छ जसले लोकतन्त्रलाई सन्तुलित र उत्तरदायी बनाइराख्न मद्दत गर्छ।समयसँगै बहस अझ गहिरो बनोस विचारहरू टकराओस् तर सम्मानसहित र राजनीतिक चेतना अझ परिपक्व बन्दै जाओस् भन्ने अपेक्षा छ।
u/EffectiveDramatic239 — 9 days ago