u/problematic_nibba

""तिमी""❤️

मैले सयौँ कविता पढे हौला,

हजार गीत सुने हौंला।

तर तिमीलाई वर्णन गर्ने कविता,

तिम्रालागी मेरा भावना व्यक्त गरिदिने गीत अझै भेटिन।

लागि परेको छु म आफैं, मैले देखेको तिमी लेख्न।।

तिमी छैनौं जुन जस्ती, त्यै नी म तिम्रो आभामा मुग्ध हुन्छु।

तिमी हैनौ फूल जस्ती, त्यै नी म तिम्रो सुगन्धले कायल हुन्छु।

तिमी कदापी छैनौं संगीत जस्ती, त्यै नी म तिम्रो धुनमा मग्न हुन्छु।।

शिशिर ऋतुको घाम भन्दा, मलाई तिमी न्यानो लाग्छ।

तिमीसँगका संवादका अघि मलाई विज्ञान स्यानो लाग्छ।

तिम्रो प्रेम रस पिएको म — अमृत फिक्का ठान्छु।

तिमी छैनौं केही जस्तिपनी — त्यै नी म तिमीलाई सबै-सबै मान्छु।। ❤️

reddit.com
u/problematic_nibba — 5 hours ago