u/MathematicianSad8965

▲ 0 r/Nepal

पञ्चायतकालदेखि हाम्रो भ्यालीमा बाटो बनेन। बाटोको अभावले गर्दा आफ्नै खेत हुनेहरू पनि सडक किनारको सरकारी जग्गामा आएर बस्न थालेको ४० वर्ष भइसक्यो। अहिले सुन्दैछु, ती सबै घरमा डोजर चल्दैछ। म यो कुराले एकदमै दुःखी छु। किनभने:

राज्यको पासो:

सरकारले त्यहाँ बस्ने ३०% लाई पहिल्यै लालपुर्जा बाँड्यो। लालपुर्जा पाइन्छ भन्ने आशमा मेरा बालसखाहरूले १५-२० वर्ष खाडीमा रगत-पसिना बगाएर कमाएको सबै पैसा त्यहीँ घर बनाउन खन्याए।

राज्यको असफलता:

सहरमा जस्तो आनाकै करोड पर्ने लोभले उनीहरू त्यहाँ बसेका होइनन्। राज्यले २० किमी ग्राभेल बाटो मात्रै बनाइदिएको भए सबै आफ्नै जग्गामा बस्थे। सुरुमै लालपुर्जा नबाँडेको भए, गरिबले जिन्दगीभरको कमाइ त्यहाँ खन्याउने नै थिएनन्।

सामाजिक यथार्थ:

त्यहीँ छेउमा दलित बस्ती छ। विगतमा समाजले जग्गा नै नबेचेपछि उनीहरू किनारमा बस्न बाध्य भए। के उनीहरूलाई सुकुम्बासी बनाउने यो समाज र विभेदकारी राज्य होइन?

ती घर भत्किँदा भित्र रहेको बाटो nirako मेरो २० कट्ठा खेतको भाउ त पक्कै बढ्ला। तर साथीहरूको जिन्दगी सडकमा आउँदा म कसरी खुसी हुन सक्छु? गरिबको आँसु र राज्यको आफ्नै गल्तीमाथि उभिएको यो कस्तो विकास हो? मान्छेमा अलिकति पनि 'Empathy' हुनुपर्दैन? यसमा तपाईँहरूको विचार के छ?

reddit.com
u/MathematicianSad8965 — 11 days ago